महिनामा करोडभन्दा धेरै कमाउने बालिकाको ११ वर्षको उमेरमै रिटायर हुने तयारी !
काठमाडौं । सानै उमेरमा प्रसिद्धि हासिल गर्ने मानिस कमै हुन्छन् । एउटी बालिका जो भर्खर ११ वर्षकी छिन् र महिनामा १ करोडभन्दा बढी कमाइरहेकी छिन् । तर, अब यी बालिका छिट्टै रिटायर हुँदैछिन् । बालिका रिटायर भएरर आफ्नो विद्यालय शिक्षामा ध्यान केन्द्रित गर्न सक्षम हुनेछिन्।
एक महिनामा यति धेरै कमाउने ११ वर्षीया पिक्सी कर्टिससँग मर्सिडिज कार पनि छ । पिक्सीले पुक्सिज पिक्स नामक कम्पनी चलाउँछिन्। यो एक अनलाइन कम्पनी हो। यो कम्पनीले विभिन्न प्रकारका हेयर बो, हेडब्यान्ड बेच्छ। पिक्सीको लागि कम्पनी र व्यवसाय उनको आमा रोक्सी जेसेन्कोद्वारा सुरु गरिएको थियो। रोक्सी आफै पनि व्यवसायी महिला हुन् ।
रोक्सीले न्युज डटकम डटएयुलाई भनिन् – पिक्सी अब हाई स्कूलमा ध्यान केन्द्रित गर्न चाहन्छिन्। जसका कारण उनले यो काम गर्दिनन् । हामीले पनि विगत केही महिनादेखि यसबारे सोचिरहेका थियौं। पिक्सीले करिब तीन वर्षअघि यो व्यवसाय सुरु गरेकी थिइन्। तर अहिले उनको ध्यान हाई स्कूलमा छ ।
पिक्सी तब चर्चामा आइन् जब उनकी आमा रोक्सीले उनको १० औं जन्मदिनमा उनलाई २.२५ करोड रुपैयाँको मर्सिडिज कार उपहार दिएकी थिइन्। पिक्सीको ११ औं जन्मदिन पनि सोशल मिडियामा चर्चित भयो। यस जन्मदिनमा ३० लाखभन्दा बढी खर्च भएको छ ।
पिक्सी सामाजिक सञ्जालमा धेरै लोकप्रिय छिन्। उनको इन्स्टाग्राममा १ लाख २१ हजारभन्दा बढी फलोअर्स छन् । उनी यस साइटमा लगातार आफ्ना फोटो र भिडियोहरू सेयर गरिरहेकी छिन्। यसबाहेक उनी आफ्नो व्यवसायसँग सम्बन्धित कुरा पनि सेयर गर्छिन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment