खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन खानेपानीमन्त्रीको आग्रह

डिसी नेपाल
१५ फागुन २०७९ १८:४८
56
Shares

काठमाडौं। खानेपानीमन्त्री अब्दुल खानले खानेपानी संस्थानलाई राजनीतिको अखडा नबनाउन आग्रह गरेका छन्।

नेपाल खानेपानी संस्थाको ३४ औं बार्षिकोत्सवका अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले कर्मचारीलाई उचालेर राजनीति गर्दा संस्थामा चूनौति आएको भन्दै संस्थानलाई राजनीतिको अखडा नवनाउन आग्रह गरेका हुन्।

उनले राजनीति गर्ने भए फिल्डमा आउन कर्मचारीलाई चूनौति दिए। उनले अनावश्यक राजनीति गरे संस्थालाई युनियनमुक्त बनाइदिने चेतावनी दिए।

अहिले व्यक्तिगत स्वार्थका लागि नभएर सहज रुपमा खानेपानी सेवा उपलव्ध गराउनका लागि केन्द्रीत हुनुपर्ने उनले बताए।

कर्मचारीको सेवा सुविधाका लागि बिनियमावलीको फाइल अघि बढाउन निर्देशन दिएको र अघि बढेको भन्दै उनले अर्थमन्त्रालय र मन्त्रीपरिषद्ले स्वीकृत नगरे आन्दोलन गर्न सुझाव दिए।

त्यस्तै उनले संस्थालाई दिएको कतव्र्य पुरा गरेमात्रै अधिकारका लागि आन्दोलन गर्न सुहाउने धारणा राखे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *