मेरी बास्सैमा फेरि जोडिए माग्ने बुढा, थपिइन् बेनिसा हमाल
काठमाडौं। हाँस्य टेलिश्रृंखला मेरी बास्सैमा हाँस्यकलाकार माग्ने बुढा उर्फ केदार घिमिरे फेरि देखिने भएका छन्। आज मंगलबार प्रशारण हुने मेरी बास्सैमा माग्ने बुढाकै भूमिकामा घिमिरे प्रस्तुत हुने मिडिया हवले जनाएको छ।
मिडिया हवले केदार घिमिरे र बेनिशा हमाल समावेश मेरी बास्सैको पोष्टर सार्वजनिक गरेर माग्ने बुढा फेरि मेरी बास्सैमा समावेश हुन लागेको जानकारी दिएको छ।
मेरी बास्सैको मंगलबारको श्रृंखलामा केदार घिमिरेसँगै बेनिशा हमाल पनि देखिनेछिन्। मेरी बास्सै माग्ने बुढालाई चिनाएको टेलिफिल्म हो। उनलाई यसै टेलिफिल्मले माग्ने बुढाका रुपमा परिचय दिएको थियो।
आफूलाई परिचय दिएको टेलिफिल्ममा फेरि देखिन पाउँदा उत्साहित भएको घिमिरेले बताएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment