प्राविधिक समस्यापछि स्पेश एक्सको रकेट उडान अन्तिममा राेकियाे
काठमाडौँ। नासाका लागि अन्तर्राष्ट्रिय स्पेस स्टेशनमा चार अन्तरीक्ष यात्री लिएर जान लागेको स्पेस एक्सको रकेटको प्रक्षेपण रोकिएको छ। उडान भर्न लागेको अन्तिम समयमा आएर देखा परेको प्राविधिक समस्याका कारण प्रक्षेपण रोक्नु परेको स्पेश स्टेशनले जनाएको छ।
क्यानेडी स्पेस सेन्टरबाट रकेट उडान भर्नु दुई मिनेट अघि मात्र उक्त रकेट रोकिएको हो। स्पेस एक्सले तत्काल यसको जानकारी दिँदै मौसममा खराबी नआएको खण्डमा अब उक्त उडान मंगलबार गरिनेछ। स्पेस एक्सको फाल्कन रकेटमा नासाका दुई जना अन्तरीक्ष यात्री, एक रुसी अन्तरीक्ष यात्री र एक जना संयुक्त अरब इमिरेट्सका यात्री जाने तयारी अवस्थामा थिए।
यस्तै, रकेटबाट सबै इन्धन निकालिएको थियो, त्यो बेलासम्म चारै अन्तरीक्षयात्री भने रकेटभित्रै रहेका थिए। कमान्डर स्टिफिन बोवेनले आफूहरु भित्रै सुरक्षित रहेको जनाए पछि उनीहरु सबैलाई भित्र नै राखेर सबै इन्धन निकालिएको हो।
स्टेशनका इन्जिनियरहरुको अनुसार इन्जिन इग्निशन फ्लूइठको लोड गर्नका लागि उपयोग गरिने उपकरणमा समस्या आए पछि चार अन्तरिक्ष यात्रीसहित उडान भर्न लागिएको रकेट दुई मिनेट अघि स्थगन गरेर इन्धन निकालिएको हो। अहिले रकेट पुर्ण रुपमा सञ्चालनका लागि योग्य भएको छ।
सम्भवतः आजै उडान भर्ने गरी तयारी अवस्थामा राखिएको छ, स्पेश एक्सले भनेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment