कोरियाली राजदुतकाे ‘नाटु नाटु’ डान्स भिडियो भाइरल, मोदीले गरे प्रशंशा
नयाँ दिल्ली। भारतमा रहेको दक्षिण कोरियाली दूतावासले आफ्ना कर्मचारीहरूसहित हिट तेलुगु फिल्म आरआरआरको नातु नातु गीतमा नृत्य गरेको भिडियो यतिखेर भाइरल भएको छ।
भिडियोमा राजदूत चाङ जे बोक र उनको टोलीले जोडी र ठूला समूहमा गीतका विभिन्न स्टेपहरू प्रस्तुत गरेको देख्न सकिन्छ। भिडियो साताको अन्त्यमा भाइरल भयो, अहिलेसम्म ४० लाख हेरिएको छ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसलाई ‘जीवित र मनमोहक’ टोलीको भन्दै प्रशंशा गरेको बिबिसीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment