बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जना पक्राउ, ३ लाखबढी नगद बरामत
काठमाडौँ। काठमाडौं महानगरपालिका-६ बौद्धबाट जुवातास खेलिरहेको अवस्थामा १५ जनालाई पक्राउ गरेको छ। महानगरपालिका-६ बौद्ध तिनचुली बस्ने ६६ वर्षीय पेम्बा छोटुप लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामासमेत १५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ३६ हजार ५ सय रुपैयाँ र ३१ बुक ताससहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment