लगातार नेपालकाे चाैथाे जित

डिसी नेपाल
१६ फागुन २०७९ १४:३७
292
Shares

काठमाडौं। यूएईएमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगिता अन्तर्गतको प्रतियोगितामा नेपालले लगातार चौथो खेलमा जित हात पारेको छ।

नेपालले मलेसियालाई १० विकेटले पराजित गरेको हो। मलेसियाले दिएको ७३ रनको लक्ष्य नेपालले आठौं ओभरको अन्तिम बलमा कुनै विकेट नगुमाई पूरा गर्‍याे।

नेपालका लागि दुवै ओपनर अविजित रहे। ओपनर दिपक बोहोरा ३८ रनमा अविजित रहँदा अर्का ओपनर अर्जुन कुमाल २१ रनमा अविजित रहे।

पहिला ब्याटिङ गरेको मलेसियाले ओभरमा ३५ दशमलब ३ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्याे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *