अमेरिकाले सरकारी कर्मचारीको फोनबाट टिकटक हटाएपछि चीनले के भन्यो ?

डिसी नेपाल
१७ फागुन २०७९ १२:३०
84
Shares

काठमाडौं । चीनले भिडियो एप टिकटकको मामिलामा अमेरिकाले ओभर रिएक्ट गरेको आरोप लगाएको छ । अमेरिकामा सरकारी कर्मचारीहरूलाई सरकारले दिएको फोनबाट टिकटक भिडियो एप हटाउन भनिएको थियो। यसपछि चीनको यो प्रतिक्रिया बाहिर आएको छ ।

सोमबार, ह्वाइट हाउसले सरकारी एजेन्सीहरूलाई दिएको फोनबाट टिकटक एप ३० दिनभित्र हटाउन भनिएको छ। यसअघि युरोपियन युनियन र क्यानडामा सरकारी कर्मचारीलाई दिइने फोनबाट टिकटक हटाउन आदेश दिइएको थियो ।

अमेरिकी सरकारले टिकटकलाई कर्मचारीको फोनबाट हटाउन आदेश जारी गरेपछि चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले अमेरिकाले विदेशी कम्पनीहरूलाई दबाउन सरकारी शक्ति प्रयोग गरिरहेको बताए।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता माओ निङले पत्रकारहरूलाई भने, “अमेरिकी सरकारले बजार अर्थतन्त्रको सिद्धान्त र प्रतिस्पर्धाको नियमलाई सम्मान गर्नुपर्छ। अमेरिकाले विदेशी कम्पनीहरूलाई दमन गर्न बन्द गर्नुपर्छ र उनीहरूका लागि खुला र गैर-भेदभावपूर्ण वातावरण उपलब्ध गराउनुपर्छ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *