त्रिकोणात्मक क्रिकेट लिग: सन्दीपको भिसा आयो, खेलाडीको सूचीमा नाम राखियो

डिसी नेपाल
१७ फागुन २०७९ १२:४८
1.3k
Shares

काठमाडौं। सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिकाे रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएईको तयारी गरेका छन्।

युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ।

सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ। तर, कसको नाम हटाएको हो? त्यो भने खुलाएको छैन।

त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुँदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ। जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप खेल्न नेपाली टोली पुग्नेछ।

यसका लागि लामिछानेलाई आजै युएई लैजान खोजिएको क्यानका सहसचिव दुर्गा पाठकले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *