ग्रीसमा रेल दुर्घटना, २९ जनाको मृत्यु
काठमाडौं । ग्रीसमा भएको रेल दुर्घटनामा परी कम्तीमा २९ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन् ।
दुईवटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको हो । आपतकालीन सेवाहरूले उत्तरी ग्रीसमा यो दुर्घटनाको जानकारी दिएको छ।
मंगलबार साँझ दुर्घटना भएको हो । उद्धारकर्ताहरू घटनास्थलमा छन् र यात्रुहरूलाई बचाउने प्रयास गरिरहेका छन्।
दुर्घटनास्थलमा पनि आगलागी भएको खबर छ । यात्रुवाहक रेल र मालवाहक रेल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
आगो निभाउन १७ वटा गाडी घटनास्थलमा पठाइएको दमकलले जनाएको छ । दुर्घटनाको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन ।
समाचार एजेन्सी रोयटर्सबाट उद्धार गरिएका एक व्यक्तिले भने– मानिसहरु आतंकित थिए र कराउन थालेका थिए ।
अर्का यात्रुले भने- भूकम्प गएजस्तो लाग्यो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment