मस्को नजिक ड्रोन दुर्घटना, रुसले के भन्यो ?
काठमाडौं । रुसको मस्को क्षेत्रमा ड्रोन दुर्घटना भएको खबर छ । यस सम्बन्धमा त्यहाँका गभर्नरले आवासीय क्षेत्रमा आक्रमण गर्ने प्रयासको रूपमा यो ड्रोन पठाइएको हुनसक्ने बताएका छन्।
रक्षा मन्त्रालयले दुई युक्रेनी ड्रोन खसालेको जानकारी दिएपछि गभर्नर एन्ड्रे भोरोब्योभको यो बयान आएको हो। युक्रेनले रुस भित्र भएको आक्रमणको जिम्मेवारी लिएको छैन ।
यो ड्रोन दुर्घटना भएको ठाउँ रुसको राज्य ऊर्जा कम्पनी गाजप्रोमको एकाइ हो। यो ठाउँ मस्को देखि १०० किलोमिटर टाढा छ। गाजप्रोमले रुसको समाचार एजेन्सी नोवोस्तीलाई भनेको छ कि कोलोम्ना जिल्लामा कम्पनीको काममा कुनै अवरोध आएको छैन।
आन्द्रे वोरोब्योभले टेलिग्राममा लेखेका छन्, “ड्रोनको लक्ष्य कोलोम्नाको आवासीय क्षेत्र थियो, जसमा कुनै क्षति पुगेको छैन। जनधनको क्षति भने भएको छैन । रुसको सुरक्षा सेवा र अन्य एजेन्सीहरू घटनास्थलमा छन् र अनुसन्धान जारी छ।
रुसका सञ्चारमाध्यम र अधिकारीहरूले शेयर गरेका तस्बिरहरूमा ड्रोन रुखको बीचमा खसेको र नजिकै हिउँ परेको देख्न सकिन्छ।







डिसी नेपाल







Facebook Comment