उच्च कोलेस्ट्रोलका बिरामीले यो समयमा खानुहोस् मेवा

डिसी नेपाल
१८ फागुन २०७९ १०:३८

काठमाडौं । कोलेस्ट्रोल रगतमा पाइने एक प्रकारको बोसो हो। खानामा पाइने बोसोको शोषण आन्द्रामा पुगपछि रगतमा पुग्छ । रगतमा (LDL) नराम्रो कोलेस्ट्रोलको स्तर बढि भएमा रक्तनलीहरुको भित्तामा टासिने गर्दछ । यो प्रक्रिया प्रत्येक व्यक्तिमा निरन्तर भैरहेको हुन्छ । कोलेस्ट्रोल बढ्नुको मुख्य कारण गलत खानपान र जीवनशैली हो। यसबाहेक आनुवंशिक कारणले पनि कोलेस्ट्रोल बढ्न सक्छ।

उच्च कोलेस्ट्रोल भनेको रगतमा बोसोको मात्रा बढी हुनु हो । जसले गर्दा बोसो रक्तनलीको भित्तामा टाँसिएर यसलाई साँघुरो बनाउन सक्छ र रक्तप्रवाहमा कमी हुनसक्छ ।

उच्च कोलेस्ट्रोल बढ्दै जाँदा हृदय रोग लाग्न सक्छ। यसले हृदयघात र स्ट्रोक पनि निम्त्याउन सक्छ। यस्तो अवस्थामा उच्च कोलेस्ट्रोलको समस्यालाई नियन्त्रण गर्न शरीरमा फाइबरयुक्त खानेकुराको मात्रा बढाउनुपर्छ । फाइबरयुक्त एउटा फल हो मेवा। जसको सेवनले कोलेस्ट्रोलको समस्यामा फाइदा पुग्छ।

उच्च कोलेस्ट्रोलको समस्यामा मेवाले धेरै तरिकाले काम गर्छ। यो एक बायोएक्टिभ कम्पाउन्ड हो जसले धमनीहरू सफा गर्न मद्दत गर्दछ। यसका साथै यसमा रहेको फाइबरले शरीरबाट अस्वस्थ बोसो र ट्राइग्लिसराइड कणहरूलाई रगतसँग बाँध्न मद्दत गर्छ। यसरी यसले उच्च कोलेस्ट्रोलको समस्यामा अस्वास्थ्यकर बोसो घटाउन मद्दत गर्छ।

उच्च कोलेस्ट्रोलको समस्यामा मेवा कहिले खाने ?: उच्च कोलेस्ट्रोलको समस्यामा बिहान खाली पेटमा मेवा खानुपर्छ । वास्तवमा, बिहान खाली पेटमा यसको सेवनले शरीरलाई डिटोक्स गर्नुका साथै धमनीहरूमा जमेको बोसो घटाउन मद्दत गर्छ। यसका साथै यसले शरीरमा ट्राइग्लिसराइडको स्तर पनि बिस्तारै घटाउँछ।

यसरी शरीरमा कोलेस्ट्रोल घटाएर मुटु रोगबाट बच्न सहयोगी हुन्छ । यसका साथै मेवाको सेवनले पाचन क्रियालाई ठीक गर्नुका साथै पेटलाई स्वस्थ राख्न मद्दत गर्छ । तसर्थ, तपाईंले बिहान खाली पेटमा मेवा खानुपर्छ। त्यसैलाई दिनचर्या बनाउनुहोस् र आफ्नो आहारमा मेवा समावेश गर्नुहोस्। यदि तपाईं यसलाई खाली पेटमा खान सक्नुहुन्न भने, यसलाई दिनको कुनै पनि समयमा खानसक्नुहुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *