मिटर ब्याजमा फसे पछि भक्तपुरका युवाले गरे आत्महत्या

डिसी नेपाल
१९ फागुन २०७९ ७:२१

काठमाडौं। चाँगुनारायण नगरपालिका-८ सुडालका एक युवाले मिटर व्याजका कारण आत्महत्या गरेका छन्। सुडाल निवासी श्याम तिमिल्सिनाले मिटर ब्याजका कारण आत्महत्या गर्न बाध्य भएका हुन्।

लामो समयदेखि घर जग्गाको कारोवारमा संलग्न रहँदै आएका तिमिल्सिनाले विभिन्न व्यक्तिसँग पैसा उधारो लिएको तर तिर्न नसके पछि आत्महत्या गरेकाे पाइएको हाे। एक लाखको ८ हजार मासिक देखि १५ हजारसम्म व्याज मिटर व्याजीले लगाउन थालेपछि उनले आत्महत्या नै गर्न बाध्य भएको उनका नजिकका आफन्तले बताएका छन्।

करिब ७ करोड भन्दा बढी पैसा उनले मिटर ब्याजमा बजारबाट लिएको देखिएको छ। आफ्नो पैसा त फस्यो फस्यो उक्त फसेको पैसालाई उकास्न लिएको ऋणले उनलाई मृत्युको बाटोमा पुर्‍याएको आफन्तजनले बताएका छन्।

तिमिल्सिनाले विष सेवन गरी आत्महत्या गरेका हुन्। उनले आत्महत्या गरेपछि परिवारमा त्रास फैलिएको छ। साना साना तीन सन्तान रहेका तिमिल्सिनाको मृत्यु पछि अब ऋण दिने मिटरव्याजीले दुःख दिने भन्दै परिवारमा त्रास फैलिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *