जुगल हिमालको फेदमा किशोरीलाई पर्वतारोहण तालिम

डिसी नेपाल
२० फागुन २०७९ २१:५९

मेलम्ची। सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर एक सय छजना किशोरीले स्थानीय पर्वतारोहणसम्बन्धी तालिम लिएका छन्।

विश्व समावेशी साहसी संस्था जिआइएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम प्रदान गरिएको थियो।

किशोरीलाई जुगल गाउँपालिकाको तीनदिने यात्राका क्रममा जिल्लाभरको इतिहास, भूगोल र धर्मसंस्कृतिबारे जानकारी दिइएको थियो।

स्थानीयस्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रवद्र्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिए। तालिमपछि मात्र नतिजा आउने उनको भनाइ छ।

सहभागीमध्ये ३५ जनालाई माउन्टेन गाइडका रुपमा तयार गरिने तामाङले बताए। पाँचजना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहणसम्बन्धी सम्पूर्ण तालिमअन्तर्गत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, हिमाल चढ्न आवश्यक सामग्री र तयारीबारे सिकाइएको थियो।

एघार प्रशिक्षकले उनीहरुलाई तालिम प्रदान गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *