मोटरसाइकल दुर्घटनामा चालककाे मृत्यु

डिसी नेपाल
२३ फागुन २०७९ ११:३७

काठमाडाैं। काठमाडाैंको कोटेश्वरमा मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालकको मृत्यु भएको छ।

पछाडि सवार १ जना घाइते भएकी छिन्। मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको चागुनारायण नगरपालिका ५ का ४२ वर्षीय मधुकर बाला रहेका छन्। गम्भीर घाइते भएका उनको काठमाडाैं मेडिकल कलेज सिनामंगलमा मृत्यु भएको हाे।

घाइते भएकी मोटरसाइकलमा पछाडी सवार ललितपुरको इमाडोल बस्ने २२ वर्षीया स्नेहा रानाको सोही अस्पतालमा उपचार भइरहेको छ।

प्रदेश ३०२००९ प ७००६ नम्बरको मोटरसाइकल साेमबार राति साढे १ बजे अनियन्त्रित भएर पल्टिएको प्रहरी प्रभाग कोटेश्वरले जानकारी दिएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *