वयस्क भाले गैँडा मृत फेला

डिसी नेपाल
२५ फागुन २०७९ १२:१३
112
Shares

नवलपुर। चितवन राष्ट्रिय निकुञ्जको नवलपुर क्षेत्रमा एउटा वयस्क भाले गैँडा मृत भेटिएको छ। निकुञ्जको नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा पर्ने अमलटारी क्षेत्र अन्तर्गत सेहरी पोष्ट नजिक २० वर्षीय भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी गणेशप्रसाद तिवारीले बुधबार बिहान गस्ती टोलीले निकुञ्जको मुख्य क्षेत्रमा मृत गैँडा फेला परेको जानकारी दिए। दुई गैँडा एकापसमा जुधेर मरेको हुनसक्ने अनुसन्धानबाट खुलेको तिवारीले उल्लेख गर्नुभयो । मृतक भाले गैँडाको खाग र खुर सुरक्षित रहेको तिवारीको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्जमा बुधबार मरेको गैँडासँगै चालु आर्थिक वर्ष २०७९/८० मा १३ वटा गैँडा मरेका छन्। मरेका गैँडामध्ये दुईवटा चोरीसिकारीका कारण मरेका निकुञ्जले जनाएको छ । गैँडा गणना २०७७ अनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैँडा छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *