पाकिस्तानमा गोली चल्दा चार जनाको मृत्यु, छ जना घाइते

डिसी नेपाल
२५ फागुन २०७९ १९:४१

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तको एक विद्यालय बाहिर बिहीबार भएको गोलीकाण्डमा चार जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् ।

प्रान्तको बन्नू जिल्लामा दुई समूहबीच भएको सशस्त्र झडपमा एक प्रहरी र एक विद्यार्थीको मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ ।

घाइते विद्यार्थीसहित अन्यलाई नजिकैको अस्पतालमा लगिएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

घटनापछि झडपमा सम्लग्न दुवै समूहका व्यक्ति फरार भएका छन्भने प्रहरीले उनीहरूको खोजी कार्य सुरु गरेको बताएको छ ।

पाकिस्तानको उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सरकारी सुरक्षाकर्मी र विपक्षी समूहहरूबीच झडपका घटना पछिल्ला केही महिना बढेका छन् । यद्यपि बिहीबारको घटनाको समाचार तयार पार्दासम्म कुनै समूहले जिम्मेवारी लिएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *