… तिमी आउ (कविता)

दिनेश घिमिरे
२७ फागुन २०७९ ९:०९

सुख दु:खको अनुभव हो जीवन भने
म आजकल दुबैको मिश्रणमा बाँचिरहेछु
यहि मिश्रणको लेप लगाउने भए तिमी आउ

आफ्नै आफ्नाहरूको चिनारी हो जीवन भने
म आफ्नाहरूको मात्र संग्रह गरिरहेको छु
तिमीलाई मेरा स्वार्थ भित्र रहन मन भए आउ

जीवन आफ्नै अहंकारको उर्लँदो भिड हो भने
म आफैंमा नगन्य अहंकार सृजना गरिरहेछु
यही अहंकारमा आहुति बन्छौ भने तिमी आउ

जीवन प्राकृतिक सृजनाको अवसर हो भने
म प्रकृति भित्र आकारको सृजना गरिरहेछु
यही सृजीत आकारमा हराउने मन भए आउ

जीवन आफैंमा आशाहरूको भिड हो भने
म आफ्नै आशाहरूको गोडमेल गरिरहेछु
यहि आशाहरूमा विलुप्त हुन्छौ भने आउ।

जीवन आफैंमा आफ्नाहरूको भोक हो भने
म आफ्नाहरूको अनन्त भोक बोकिरहेछु
यही भोकको भारी बोकाउने मन भए आउ।

जीवन आफ्नै मुत्युसम्मको गतिशिलता हो भने
म आफ्नै मृत्युको मलामी तयार गरिरहेछु
यही भिडमा पहिचान खोज्ने भए तिमी आँउ

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *