ओयोका मालिक रितेश अग्रवालका पिताको २० औं तलाबाट खसेर मृत्यु
काठमाडौं । ओयो होटल्सका मालिक रितेश अग्रवालका पिता रमेश अग्रवालको शुक्रबार सोसाइटीको २० औं तलाबाट खसेर मृत्यु भएको छ ।
पूर्व डीसीपी वीरेन्द्र विजका अनुसार रमेश अग्रवाल गुडगाउँको सेक्टर ५४ मा रहेको डीएलएफ द क्रेस्ट भवनको २० औं तलाबाट खसेका थिए ।
पुलिसले सीआरपीसीको धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।
सेक्टर ५३ का एसएचओको टोली घटनास्थलमा पुगेको डीसीपीले बताए । पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ ।
अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार दिउँसो करिब एक बजे सुरक्षा गार्डले कोही तल खसेको थाहा पाए। त्यसपछि रमेश अग्रवाललाई तत्काल निजी अस्पताल लगिएको थियो ।
रितेश अग्रवालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म र मेरो परिवारलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा मार्गदर्शक र हाम्रो शक्ति, मेरा पिता रमेश अग्रवालको १० मार्चमा निधन भएको छ । उहाँले पूर्ण जीवन मलाई र अरू धेरैलाई प्रेरित गर्नुभयो। दुखको यस घडीमा हाम्रो गोपनीयताको ख्याल गरिदिन अनुरोध गर्दछौं।”
यही हप्ता रितेश अग्रवालले दिल्लीमा विवाह गरे, जसमा व्यापार जगतका धेरै ठूला व्यक्तित्वहरू सामेल थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment