ओयोका मालिक रितेश अग्रवालका पिताको २० औं तलाबाट खसेर मृत्यु

डिसी नेपाल
२७ फागुन २०७९ १०:११

काठमाडौं । ओयो होटल्सका मालिक रितेश अग्रवालका पिता रमेश अग्रवालको शुक्रबार सोसाइटीको २० औं तलाबाट खसेर मृत्यु भएको छ ।

पूर्व डीसीपी वीरेन्द्र विजका अनुसार रमेश अग्रवाल गुडगाउँको सेक्टर ५४ मा रहेको डीएलएफ द क्रेस्ट भवनको २० औं तलाबाट खसेका थिए ।

पुलिसले सीआरपीसीको धारा १७४ अन्तर्गत मुद्दा दर्ता गरेको छ।

सेक्टर ५३ का एसएचओको टोली घटनास्थलमा पुगेको डीसीपीले बताए । पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको छ ।

अंग्रेजी पत्रिका द इन्डियन एक्सप्रेसका अनुसार दिउँसो करिब एक बजे सुरक्षा गार्डले कोही तल खसेको थाहा पाए। त्यसपछि रमेश अग्रवाललाई तत्काल निजी अस्पताल लगिएको थियो ।

रितेश अग्रवालले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘म र मेरो परिवारलाई यो जानकारी गराउन चाहन्छु कि हाम्रा मार्गदर्शक र हाम्रो शक्ति, मेरा पिता रमेश अग्रवालको १० मार्चमा निधन भएको छ । उहाँले पूर्ण जीवन मलाई र अरू धेरैलाई प्रेरित गर्नुभयो। दुखको यस घडीमा हाम्रो गोपनीयताको ख्याल गरिदिन अनुरोध गर्दछौं।”

यही हप्ता रितेश अग्रवालले दिल्लीमा विवाह गरे, जसमा व्यापार जगतका धेरै ठूला व्यक्तित्वहरू सामेल थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *