‘जासूस’ परेवा पक्राउ

डिसी नेपाल
२७ फागुन २०७९ १०:२२

काठमाडौं । ओडिशाको जगतसिंहपुर जिल्लाको पारादीप समुद्र तट नजिक एउटा संदिग्ध जासूस परेवा समातिएको छ।

खुट्टामा क्यामेरा र माइक्रोचिपजस्ता उपकरण जडान गरिएको परेवालाई माछा मार्ने डुङ्गाबाट समातिएको समाचार एजेन्सी पीटीआईले जनाएको छ।

परेवालाई जासुसीका लागि प्रयोग गरिँदै आएको प्रहरीले आशंका गरेको छ । केही दिनअघि माछा मार्ने डुङ्गामा परेवा बसेको देखेका थिए । परेवालाई माछा मार्नेहरूले समातेर बुधबार तटरक्षक प्रहरीलाई बुझाएका थिए ।

जगतसिंहपुर जिल्ला एसपी राहुल पीआरले समाचार एजेन्सी पीटीआईलाई भने, “हाम्रा पशु चिकित्सकले परेवाको जाँच गर्नेछन्। हामी यसको खुट्टामा भएका यन्त्रहरूलाई परीक्षणको लागि राज्य फरेन्सिक विज्ञान प्रयोगशालामा पठाउनेछौं। यस्तो देखिन्छ कि यन्त्रहरू क्यामेरा र माइक्रोचिपहरू हुन्।”

उनले परेवाको पखेटामा केही लेखिएको भए पनि स्थानीयले पढेर बुझ्न नसक्ने बताए । यसलाई बुझ्न विज्ञको सहयोग पनि लिइनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *