वैज्ञानिकहरूले हावाबाट कार्बन डाइअक्साइड निकाल्ने नयाँ तरिका पत्ता लगाए
काठमाडौं । वैज्ञानिकहरूले हावाबाट कार्बन डाइअक्साइड अलग गर्ने अझ प्रभावकारी तरिका पत्ता लगाएका छन्। यस विधिमा कार्बन डाइअक्साइड निकालेर समुद्रमा भण्डारण गर्न सकिन्छ।
हालको विधिमा नाइट्रोजनमा आधारित यौगिकहरूको सहायताले कार्बन डाइअक्साइड छुट्याइन्छ।
अब शोधकर्ताहरूले पत्ता लगाएका छन् कि जब यो मिश्रणमा तामा थपिन्छ, यसले वर्तमान विधिको तुलनामा तीन गुणा बढी प्रभावकारिताका साथ वायुमण्डलबाट कार्बन डाइअक्साइड निकाल्छ।
यसले कार्बन डाइअक्साइडलाई सोडाको बाइकार्बोनेटमा परिणत गर्छ जुन सुरक्षित र सस्तो रूपमा समुद्रको पानीमा भण्डारण गर्न सकिन्छ।
कार्बन हटाउने यो नयाँ प्रविधिको माध्यमबाट जलवायु परिवर्तनलाई खतरनाक तहमा पुग्नबाट जोगाउन मद्दत पुग्ने विज्ञहरू विश्वास गर्छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment