रुस र साउदी अरेबियाले तेल व्यवसायमा सँगै काम गर्ने बारे के भने ?

डिसी नेपाल
२७ फागुन २०७९ १०:२७

काठमाडौं । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले मस्को र रियादले ओपेक प्लसको ढाँचाभित्र मिलेर काम जारी राख्न सहमत भएको बताएका छन् ।

रुसी समाचार एजेन्सी टासका अनुसार सर्गेई लाभरोभले मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उक्त बयान दिएका हुन् ।

यस पत्रकार सम्मेलनमा रुसी विदेशमन्त्रीसँग उनका साउदी अरबका समकक्षी राजकुमार फैसल बिन फरहान अल साउद पनि थिए ।

सर्गेई लाभरोभले भने, “हामी ओपेक प्लसको ढाँचाभित्र सँगै काम गर्ने हाम्रो आपसी सहमतिलाई पुन: पुष्टि गर्छौं। यस फ्रेमवर्कमा काम गर्ने सबै देशहरूले विश्वव्यापी ऊर्जा बजारमा स्थिरता र सन्तुलन कायम गर्न मिलेर काम गर्छन्। हामी निरन्तर रूपमा हाम्रा जिम्मेवारीहरू पालन गरिरहेका छौं।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *