पाकिस्तानी जासुसी एजेन्सी आईएसआईका पूर्व प्रमुखमाथि छानबिन
काठमाडौं । पाकिस्तानका अनुसन्धान एजेन्सीहरूले आईएसआईका पूर्व प्रमुख लेफ्टिनेन्ट जनरल (रिटायर्ड) फैज हमिदमाथि अनुसन्धान गरिरहेका छन्। पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले बुधबार यो जानकारी दिएका हुन् ।
यद्यपि, गृहमन्त्रीले फैज हमिदमाथि के आरोप लगाइएको छ भन्ने कुरा भनेनन्।
तर, गुप्तचर निकाय आईएसआईमा रहँदा राजनीतिक मामिलामा आफ्नो पदको दुरुपयोग गरेको आरोप उनीमाथि लागेको छ । उनले नेताहरुलाई राजनीतिक आस्था परिवर्तन गर्न दबाब दिने गरेको पनि आरोप छ ।
सनाउल्लाह ‘औरत मार्च’ र पाकिस्तान तहरीक-ए-इन्साफ पार्टीको र्यालीलाई ध्यानमा राख्दै धारा १४४ लागू गर्ने सम्बन्धमा पत्रकार सम्मेलन गर्दै थिए। यस क्रममा उनले फैज हमिदको बारेमा जानकारी पनि दिए।
फ्राइडे टाइम्स अखबारका अनुसार फैज हमीदलाई भ्रष्टाचार, पदको दुरुपयोग र राजनीतिमा हस्तक्षेप गरेको आरोपमा पक्राउ गर्न सकिन्छ।
सनाउल्लाहले फैज हमिदलाई पाकिस्तानी सेनाले मात्र कोर्ट मार्शल गर्न सक्ने बताए ।
यसअघि पाकिस्तान मुस्लिम लिग (नवाज)की नेतृ मरियम नवाजले एक अन्तर्वार्तामा आईएसआई प्रमुखको कोर्ट मार्शलको माग गरेकी थिइन् ।
फैज हमीद सेना प्रमुखको पदका लागि छनोट गरिएका ६ वरिष्ठ जनरलमध्ये एक थिए। उनी सन् २०१९ देखि २०२१ सम्म आइएसआई प्रमुख थिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment