अमेरिकाको सिलिकन भ्याली बैंकमा तालाबन्दी, बैंकिङ संकट गहिरिने खतरा

डिसी नेपाल
२७ फागुन २०७९ १४:२१

काठमाडौं । क्यालिफोर्नियाका बैंकिङ नियामकहरूले वित्तीय संकटले घेरिएको सिलिकन भ्याली बैंक बन्द गरेका छन्। यसपछि अमेरिकामा फेरि एकपटक ठूलो बैंकिङ संकट उत्पन्न हुने देखिएको छ ।

समाचार एजेन्सी एएफपीको रिपोर्ट अनुसार सन् २००८ को आर्थिक मन्दीपछि बन्द हुने सबैभन्दा ठूलो बैंक सिलिकन भ्याली बैंक हो।

नियामकले फेडरल डिपोजिट इन्स्योरेन्स कर्पोरेशन रिसीभर नियुक्त गरेको छ, जसले यस विषयमा अगाडि बढ्ने छन् । यसअघि प्रि-मार्केट कारोबारमा ६६ प्रतिशतले गिरावट आएपछि बैंकको शेयर कारोवारका लागि रोकिएको थियो ।

प्राविधिक कम्पनीहरूलाई कर्जा दिने एसभीबी बन्द भएको घोषणासँगै विश्व बजारमा अस्थिरता देखिएको छ र धेरै बैंकको सेयर घटेको छ ।

तर, शुक्रबार बिहान अमेरिकाका केही ठूला बैंकको सेयरको अवस्था केही सुधार भएको थियो ।

एसभिबी यस वर्ष बन्द हुने पहिलो एफडीआइसी बीमा गरिएको संस्था हो। अल्मेना स्टेट बैंक साढे दुई वर्षअघि २३ अक्टोबर २०२० मा बन्द भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *