जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमति

डिसी नेपाल
२७ फागुन २०७९ २०:४०

जनमत, लोसपा र नागरिक उन्मुक्तिबीच कार्यगत एकताको सहमतिकाठमाडौं। जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र नागरिक उन्मुक्ति पार्टीबीच कार्यगत एकताको सहमति भएको छ।

शनिबार जनमत पार्टीको तर्फबाट उपराष्ट्रपति पदका लागि ममता झाले उम्मेदवारी दर्ता गरेसँगै लोसपा अध्यक्ष महन्थ ठाकुर, जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कार्यगत एकता गर्ने सहमति गरेका हुन्।

उपराष्ट्रपतिको निर्वाचन, मधेस र थरूहट आन्दोलनका मुद्दाहरूको सम्बोधन, नागरिकता विधेयक, आन्दोलनकारीमाथिको मुद्दा फिर्ता, राजबन्दीहरूको रिहाइ, विगतका सहमतिहरूको कार्यान्वयनसहितका एजेन्डामा सहकार्य गर्दै अगाडि बढ्न लोसपा, नाउपा र जनमत पार्टी सहमत भएको उल्लेख गरेका छन्।

जनमत पार्टीको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार ममता झाले संविधानलाई जीवित राख्नका लागि उम्मेदवारी दिएको अध्यक्ष डा. सीके राउतले बताए। उनले सबै जातजातिको राज्यको निकायमा प्रतिनिधित्व हुनुपर्ने संविधानको मर्म रहेको उल्लेख गर्दै आफू मधेसको महिला हुनुले पनि उम्मेदवारी दिएको बताए। उनले आफू संविधानलाई सशक्त रूपमा पालना गर्नुपर्छ भन्नेमा स्पष्ट रहेको बताए।

उनले गठबन्धनभित्र आफ्नो पार्टीकै उम्मेदवारलाई साझा उम्मेदवार बनाउने निर्णय हुनेमा विश्वास व्यक्त गरे। आफ्नो पार्टीको उम्मेदवारलाई गठबन्धनको साझा उम्मेदवार नबनाए पनि आफूहरूले उम्मेदवारी फिर्ता नलिने उनले बताए।

उपराष्ट्रपति निर्वाचनका लागि १० दलीय गठबन्धनबाट जसपा र जनमत पार्टीबाट उम्मेदवारी दर्ता भएको छ। तीन दलको यो सहमतिसँगै जनता समाजवादी पार्टीविरुद्ध मोर्चाबन्दी भएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *