नेपालले टस जितेर ब्याटिङ गर्दै, दुई परिवर्तन

डिसी नेपाल
२८ फागुन २०७९ ८:४२

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा आज नेपालले युनाइटेड अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ।

त्रिवि खेल मैदान, किर्तिपुरमा हुने खेलमा नेपालले टस जितेर ब्यटिङ गर्ने भएको छ । नेपालले आज टोलीमा दुई परिवर्तन गरेको छ । आज नेपालले ज्ञानेन्द्र मल्ल र करन केसीलाई बाहिर राखेको छ भने ललित राजवंशी र गुल्शन झालाई टिममा समावेश गरेको छ ।

नेपाली टिम

रोहित कुमार पौडेल, आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम शार्की, दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, गुल्शन झा, सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवशीं




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *