नेपालको पहिलो विकेट गुम्यो, आसिफ शून्यमा आउट

डिसी नेपाल
२८ फागुन २०७९ ९:४०

काठमाडौं । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिजमा युएईसँग खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ।

टस जितेर ब्याटिङ गरेको नेपालले दोस्रो ओभरमा ओपनर आसिफ शेखलाई गुमाएको हो। आसिफ ५ बल खेलेर शून्य रनमा आउट भए । उनी आर्यन लाक्राको बलमा बोल्ड आउट भए।

अहिले क्रिजमा कुशल भुर्तेल र कुशल मल्ल रहेका छन्। नेपालले ३ ओभरमा ६ रन बनाएकाे छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *