समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ‘रुदै हिड्नु पर्छ’ भिडियो सार्वजनिक
काठमाडौँ। गायक सुवास खत्री , सुनिता बुढा क्षेत्री र गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ गीत ’रुदै हिड्नु पर्छ ’को भिडियो सार्वजनिक गरिएको छ।
‘रुदै हिड्नु पर्छ ’ बोलको लोक तथा दोहोरि गीतमा सुजित खत्रीको शब्द तथा हेमन्त कान्छा रसाइलीको संगीत रहेको छ। गीतमा सारिका केसी र दिनेश पुरीको अभिनय देख्न सकिन्छ। गीतमा परदेशी भुमीमा जिवनमा सुनौला सपना बोकेर हिडेका युवाहरुको पिडा र व्यथालाई गीतमा समेटिएको छ।
विशाल घिमिरेको निर्देशन रहेको भिडियोको छायाँकन नवराज उप्रेतीले गरेका छन् भने सम्पादन नविन धर्ति मगरले गरेका छन्। गीतको भिडियोलाई सुवास खत्रीको अफिसियल युटुव मार्फत बजारमा ल्याइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment