‘दुई नजर’मा पुष्प र केबिकाको रोमान्स

डिसी नेपाल
२८ फागुन २०७९ १०:५०
116
Shares

काठमाडौं। गायक सुरेन गौतम र गायिका बिद्या तिवारीको स्वर रहेको दुई नजर बोलको गीतको भिडियो रिलिज गरिएको छ।

विष्णुहरि तिवारीको शब्द, विक्रम थापाको संगीत तथा दिनेश श्रेष्ठको एरेन्ज रहेको सार्वजनिक गीतमा नायक तथा मोडल पुष्प खड्का, केबिका खत्री र सुन्दर दासको अभिनय देख्न सकिन्छ।

प्रेम, रोमान्सले भरिएको दुई नजरमा केबीका र पुष्प गज्जबसँग खुल्दै निकै रोमान्टिक बनेका छन्। विष्णुहरि तिमल्सिनाको सम्पादन, उत्सव दाहालको छायांकन तथा मोडल केबिकाकै कोरियोग्राफी रहेको भिडियो गायक सुरेनकै अफिसियल च्यानलबाट बजारमा आएको हो। जसको निर्माता सृजना श्रेष्ठ हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *