यूएईले गुमायो चार विकेट

डिसी नेपाल
२८ फागुन २०७९ १४:३१

काठमाडौं। आईसीसी विश्वकप लिग-२ अन्तर्गत जारी खेलमा नेपालले दिएको २४९ रनको लक्ष्य यूएईले पछ्याइरहेको छ। नेपालले दिएको लक्ष्य पछ्याउने क्रममा यूएईले चार विकेट गुमाएको छ । छैटौँ ओभरमा खेल भइरहँदा युएईले चार विकेट गुमाएको हो।

पहिलो, तेस्रो, पाँचौँ र छैटौँ ओभरमा यूएईले तीन विकेट गुमाएको हो। युएईलाई सस्तैमा समेट्ने क्रममा ललित राजवंशीले दुई र दीपेन्द्रसिं ऐरी र साेमपाल कामीले एक/एक विकेट लिएका हुन्।

यूएईले ५.१ ओभरको समाप्तिमा चार विकेट गुमाएर आठ रन जोडेको छ। यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको नेपालले ४ बल बाँकी छँदै अलआउट हुँदै २४८ रन जोडेको हो । नेपालका लागि सर्वाधिक कप्तान रोहितकुमार पौडेलले ७७ रनको योगदान गरे । उनले ११२ बलमा नौवटा चौका प्रहार गरेका थिए।

यसैगरी, आरिफ शेखले ४३, गुल्सन झाले ३७, दीपेन्द्रसिंह ऐरीले ३४ र भीम सार्कीले २९ रनको योगदान गर्दा नेपालका बाँकी ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *