टिकटक स्टार मिस पवीसँग उमेशको रोमान्स

डिसी नेपाल
३० फागुन २०७९ ११:२३
488
Shares

काठमाडौँ। गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ। विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र ह्याण्डसम मोडल तथा नायक उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ।

नेपालकै सुन्दर नगरी इलाममा छायांकन गरिएको भिडियोमा उमेरसँग मिस पवी रोमान्टिक देखिएकी छिन्। वैँशालु उमेरमा प्रेममा परेको एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मक शैलीमा भिडियोमा देखाएका छन्। जसको कोरियोग्राफी राजिव समरले गरेका हुन्।

युवा उद्यमीसमेत रहेका मोडल उमेशको यो डेब्यु निर्देशन हो। उनको केही समयअगाडि मात्रै केकी अधिकारीसँग अभिनय रहेको सान्बाबु बोलको गीतको भिडियो रिलिज भएको थियो। त्यसअघि उनको लुकिछिपी बोलको गीतको भिडियोले चर्चा कमाएको थियो। उमेशले भोजपुरी फिल्म प्रेम गीतमा पनि शीर्ष भूमिकामा काम गरिसकेका छन्।

सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिगं रहेको आशमान मोसन पिक्चर्सबाट बजारमा आएको हो। उमेशका आधा दर्जन भिडियो आउने क्रममा रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *