एपीएफ अस्पतालमा ९२ शैयाको श्वासप्रश्वास ‘ट्रिटमेन्ट फ्यासिलिटी’

डिसी नेपाल
१ चैत २०७९ १२:५१

काठमाडौं। विश्व स्वास्थ्य संगठनको सहयोगमा निर्माण भएको ‘सेभर एक्यूट रेस्पेरेटरी इन्फेक्सन ट्रिटमेन्ट फ्यासिलिटी’ सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरिएको छ।
बलम्बूस्थित एपीएफ अस्पताल परिसरभित्र संगठनले ९२ शैयाको ‘ट्रिटमेन्ट फ्यासिलिटि’ निर्माण गरेको थियो।

‘ट्रिटमेन्ट फ्यासिलिटि’ संगठनकी दक्षिण पूर्वी एशिया क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई हस्तान्तरण गरेकी थिइन्। त्यसलगतै मन्त्राललयका सचिव डा. पोखरेलले फ्यासिलिटी सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललाई हस्तान्तरण गरेका थिए।

सशस्त्रका अनुसार गम्भिर प्रकृतीको श्वासप्रश्वास संक्रामक रोगहरुको उपचारमा सुविधा दिने उद्देश्यले निर्माण गरिएको ‘ट्रिटमेन्ट फ्यासिलिटि’मा ७२ वार्ड बेड, १४ सघन उपचार कक्ष र ६ वटा ट्रिएज बेड रहेका छन्।

कार्यक्रममा मन्त्रालयका सचिव डा. पोखरेलले कोभिड-१९ महामारीको कठिन अवस्थामा एपीएफ अस्पतालले कोभिड-१९ उपचारको डेडिकेटेड अस्पतालका रुपमा योगदान पुर्‍याएको बताए। हाल निर्माण भएको अस्पतालले पनि श्वासप्रश्वाससँग सम्बन्धित महामारी र विपद्को समयमा आम जनतालाई अझै प्रभावकारी रुपमा सेवा दिने विश्वास उनले लिएका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *