वासिमको शतकमा पीएनजीमाथि युएईको शानदार जित

डिसी नेपाल
१ चैत २०७९ १७:१९

काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत जारी त्रिकोणत्मक शृंखलामा यूएईले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा यूएईले पिएनजीलाई ६ विकेटले पराजित गरेको हाे ।

कप्तान मोहम्मद वासिमको शतकीय पारीमा यूएईले शानदार जित हासिल गरेको हो । पछिल्ला ४ खेलमा यूएईलाई लगातार हराएको पीएनजीले आजको खेलमा भने जित हात पार्न सकेन । पीएनजीले दिएको २३५ रनको लक्ष्य युएईले ६८ बल बाँकी रहँदै ४ विकेट गुमाएर पुरा गर्‍यो । कप्तान वासिमले आक्रमक पारी खेल्दै ७६ बलमा ११९ रन बनाएर आउट भए । उनले ६ चौका र १२ छक्का प्रहार गरे । यस्तै आयान अफजल खानले ३८ बलमा २७ रन बनाएर आउट हुँदा सीपी रिजवान २९ तथा आसिफ खान ११ रनमा अविजित रहे । पीएनजीका लागि राइली हेकुरेले सर्वाधिक २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २३४ रन बनाएको थियो । पीएनजीका कप्तान अर्सद भालाले ९५ बलमा ६ चौका र १ छक्काको मद्दतमा सर्वाधिक ६५ रन बनाए । यस्ते नर्मन भानुवा ३१ बलमा १ चौका र ५ छक्कासहित ४९ रनमा अविजित रहे भने राइली हेकुरेले ३३ रन बनाए । यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।

यो हारसँगै पीएनजीले लिग टू को ३६ खेल पूरा गरेको छ । पिएनजीले ३६ खेलमा ५ जित र ३० हार तथा एक बराबरी सहित लिग २ को यात्रा सकाएको छ । यूएईले भने लिग टू को अन्तिम खेल भोलि बिहीबार नेपालसँग खेल्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *