दुधौलीमा डिजिटल प्रणालीबाटै जग्गा नापीको काम

डिसी नेपाल
२ चैत २०७९ ११:४७

काठमाडौं। सिन्धुलीको दुधौली नगरपालिकाले जग्गाको नापीको काम डिजिटल प्रणालीबाट सुरु गरेको छ । नगरपालिकाले डिजिटल प्रणालीको प्रयोग गरेर नापीको काम थालिसकेको भूमि आयोग सिन्धुलीकी सदस्य इन्दिरा निरौलाले जानकारी दिइन् ।

उनका अनुसार भूमि आयोगको समन्वयमा नगरपालिकाले अव्यवस्थित र भूमिहीन दलित सुकुम्बासीहरुलाई लालपुर्जा दिने काम गरिहरेको छ ।  अहिले नगर क्षेत्रमा २ वटा मेसिनमार्फत जग्गा नापीको काम भइरहेको उनले बताइन् ।

गत सातादेखि वडा नं. १० को वंशेबाट सुधारिएको प्रविधि प्रयोग गरेर नापीको काम सुरु गरिएको र अहिले जग्गा नाप्ने काम तीव्र रुपमा अघि बढेको नगरपालिकाका नगर प्रमुख दिनेश अधिकारी दनुवारले बताए । उनले भने, ‘नगरपालिकाले भूमिहीनका समस्यालाई चाँडै नै हल गर्नेछ । कम्प्युटरमा ईन्ट्री गर्ने र प्रविधिकहरुले जग्गा नापी गर्ने कार्य नगरपालिकाले गराइरहेको छ ।’

नगरपालिकामा ११ हजारले लालपुर्जा उपलब्धताका लागि आवेदन दिएका छन् । तिमध्ये ४ हजार ३०० जनाको कम्प्युटरमा ईन्ट्री गर्ने कार्य सकिएको भूमि ईकाई प्रमुख मल्लवलाल अधिकारीले बताए ।

पछिल्लो समय नगरपालिकाले डिजिटल प्रणालीबाट नापी गर्न सहज गराउने वडा नं. १२ १३ र १४ बाहेकका वडाहरुमा राखिसकेको पनि भूमि ईकाई शाखाले जनाएको छ । वडा नं. १२ १३ र १४ मा भूगोलका कारण अरु प्रणालीमार्फत् नापी गर्नुपर्ने नगरपालिकाले जनाएको छ । नगरपालिकाको वडा नं. १० का ५४ जनाले चाँडै नै लालपुर्जा पाउने भएका छन् । नगरपालिकाका अन्यलाई पनि लालपुर्जा दिलाउन तिव्र रुपमा काम अघि बढाइएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *