नेपालको खराब सुरुवात : सातौं ओभरमै गुमायो ३ विकेट

डिसी नेपाल
२ चैत २०७९ १४:२७

काठमाडौं। आईसीसी लिग २ को अन्तिम खेलमा युएईले दिएको ३ सय ११ रनको विशाल लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात गरेको छ। पहिलो ओभरको तेस्रो बलमै ओपनर आसिफ शेखलाई गुमाएको नेपालले दोस्रो ओभरको पनि तेस्रो बलमै कुशल मल्ललाई गुमायो।

नेपालले सुरुका २ ओभरमा लगातार विकेट गुमाएको हो। २ बलको सामना गरेका आसिफ शून्य रनमै स्टम्पिङ भए भने त्यसपछि आएका मल्लले ५ बलमा एक चौका प्रहार गर्दै ५ रनमा पेभिलियन फर्किए।

यस्तै कप्तान रोहित पौडेल सातौ ओभरको पाँचौ बलमा १६ रन बनाएर आउट भए। उनले २५ बलमा ३ चौका प्रहार गरे।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको युएईले ६ विकेटको क्षतिमा ३१० रन बनाएको थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *