इन्गेजमेन्टको दुई वर्षपछि अलग्गिए विद्युत र नन्दिता

डिसी नेपाल
२ चैत २०७९ १५:३०
1.4k
Shares

मुम्बई। बलिउडका एक्सन स्टार विद्युत् जामवाल र फेसन डिजाइनर नन्दिता महतानी अलग्गिने निर्णय लिएका छन्। उनीहरुले दुई वर्षअघि इन्गेजमेन्ट गरेका थिए।

विद्युत् र नन्दिता गत बुधबार डियान पाण्डेको छोरीको हल्दी कार्यक्रममा देखिएका थिए। यद्यपि उनीहरुले त्यहाँ दुरी बनाएका थिए । ‘सामाजिक रुपले अलग रहनु उनीहरुको दुरीको पछाडिको कारणलाई मानिएको छ’, उनीहरु निकट स्रोतले भनेको छ।

उनीहरुले सन् २०२१ मा आगराको ताजमहलमा इन्गेजमेन्ट गरेका थिए। उनीहरुले सामाजिक सन्जालमार्फत आफूहरु इन्गेज्ड भएको जानकारी दिएका थिए । उनीहरुले एकअर्काको सम्मान गर्दै साथी सम्बन्ध भने कायमै राख्ने जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *