उपनिवेशमाथि प्रहार भारतलाई पाठ, चीनलाई राहत

खगेन्द्रराज सिटौला
३ चैत २०७९ ७:३६

नेपालका राष्ट्रनिर्माता पृथ्वीनारायण शाह उपनिवेशवाद विरोधी एसियाली योद्धा, नेता र विजेता हुन्। उनलाई नेपालका राष्ट्रनिर्माता वा एकीकरण कर्ता मात्र भनियो भने उनको सही मूल्यांकन भएको मानिदैन।

अर्थात् उनको योगदान, काम र परिणामको समग्र मूल्यांकन भएको ठहर्दैन। यो सत्य हो कि पृथ्वीनारायण शाह नेपालका राष्ट्रनिर्माता वा एकीकरणकर्ता अवश्य हुन् तर उनी त्यो भन्दा माथि र धेरै हुन्। उनको योगदानलाई नेपालका राष्ट्रनिर्मातामा मात्रै सिमित राख्नु वा खुम्च्याउनु गम्भीर भूल हुनेछ।

उनी साम्राज्यवाद वा उपनिवेशवाद विरोधी एसियाली नेता हुन् विजेता हुन्। आज यहाँ पृथ्वीनारायण शाहको साम्रज्यवाद या उपनिवेशवाद विरोधी पाटो र बाटो लाई उजागर गर्न कोशिस गरिने छ।

सबैलाई थाहा भएकै विषय हो कि हाम्रा दुई विशाल छिमेकी भारत र चीन एक वा अनेक विदेशी उपनिवेशवादी वा साम्राज्यवादी शक्तिको गुलामी स्वीकार्न वाध्य भएका थिए इतिहासको कुनै कालखण्डमा।

उनीहरुले उपनिवेशवादी वा साम्राज्यवादी शक्तिको कब्जा दमनबाट मुक्ति पाउनको लागि धेरै पुस्ताहरुले कठोर संघर्ष गर्नु परेको थियो। यातना, अपमान, हत्या र बलिदान सहनु परेको थियो।

उपनिवेशवादी उत्पीडनबाट मुक्त हुने संघर्षको दौरान कतै मुलुकको भूभाग गुमाउनु परेको थियाे, कतै मुलुक टुक्रिएको, चुडिएको टुलुटुलु हेर्न विवस हुनुपरेको थियो। विशाल मुलुक चीन कहिले जापान त कहिले अंग्रेजको औपनिवेशिक दासता स्वीकार्न विवश भयो भने अको विशाल भारत लामो समय अंग्रेजको गुलाम भइरहन बााध्य भयो।

जुनबेला विश्वशक्ति हुने दिशामा बढिरहेको र आफ्नो औपनिवेशिक साम्राज्य फैल्याउँदै भारतलाई आफ्नो कब्जामा लिँदै गरिरहेको अंग्रेज शक्ति थियो ठिक त्यही बेला नेपालमा सानो र गरिब राज्य गोरखाका राजा पृथ्वीनारायण शाह नेपाल शक्तिलाई संगठित वा एकीकरण गर्न अधि बढिरहेका थिए।

न्यायपूर्ण तरिकाले नेपालशक्ति बनाउने बाटोमा अघि बढिरहेका पृथ्वीनारायण शाहले नेतृत्व गरेको गोरखाली शक्तिलाई अवरोध गर्न अन्यायपूर्ण तरिकाले विश्वशक्ति बन्ने बाटोमा बढिरहेको अंग्रेज शक्ति आइलाग्छ।

जुन ठूलो शक्ति माथि सानो शक्तिका पृथ्वीनारायण शाह तर ठूलो मनोबल र ठूलो कुशलताको साथ जाइलाग्छन् र जितबाजी लि छोड्छन्। यो पृथ्वीनारायण शाहको नयाँ र उदाहरणीय इतिहास हो।

सिन्धुलीको यही जम्काभेट अथवा भनौ मुठभेड जस्ले पृथ्वीनारायण शाहलाई उपनिवेशवाद विरोधी स्वाधीनताका योद्धा, विजेता र एसियाली नेतामा दर्ज गरेको छ। तर यसलाई हामीले कहिल्यै चर्चा गरेनौं। आफ्नै गौरवशाली पुर्खा, इतिहास र नायकको अवमूल्यन र अन्याय गरिरयौं।

वि.स.१८२४ आसोज १५ मा सिन्धुलीमाडीको पौवागढीमा अंग्रेज सेनालाई गोरखाली सेनाले आक्रमण गरेर पराजित गरेर धपाएर विजयी ध्वज फहराएको थियो।

पृथ्वीनारायण शाहले पश्चिमा साम्राज्यवादीको हतियार बोकेका फौजलाई मात्र धपाएनन् उनले बाइबलको हतियार बोकेका बाइबल सेनालाई पनि धपाएर पूर्वीय मौलिक आध्यात्मिक तथा सांस्कृतिक धरोहरलाई समेत जोगाउने काममा दिएको योगदानलाई पनि उच्च सराहना गर्नु पर्दछ।

कान्तिपुरका राजा जयप्रकाश मल्लाले अंग्रेज शक्तिलाई झिकाए पछि आफ्नो सत्ता र शक्ति सदाकाल सुरक्षित हुन्छ भन्ने सोचे र अंग्रेजलाई नेपाल भित्रिनको लागि रातो कार्पेट अ‍ोछ्याए। पृथ्वीनारायणले सोचे साम्राज्यवादी अंग्रेज शक्ति नेपालमा खुट्टा टेक्न पायो भने जयप्रकाशलाई मात्र होइन सिंगो नेपालाई नै निल्छ।

आफ्नो सत्ता स्वार्थको लागि या आर्थिक, राजनीतिक लाभको लागि विदेशी शक्तिलाई गुहार्नु हुँदैन भन्ने दृढ मान्यताका पृथ्वीनारायण शाह थिए एकतिर भने अर्कोतिर मलाई सत्तामा टिकाइदिन्छ भने अथवा आर्थिक लाभ दिन्छ भने, विदेशी शक्ति भए पनि केही फरक पर्दैन भन्ने मान्यताका जयप्रकाश मल्ल थिए। यी दुईखाले धार अहिले पनि नेपालमा विद्यामान छन्। र यी दुईधारको चर्को अन्तरविरोध अहिले पनि यथावत् छ।

जयप्रकाश मल्लको अदूरदर्शी नेपालघाति काम हो भन्ने बुझेका, अंग्रेजले भारत निल्दै गरेको नजिकबाट देखेका उपनिवेशवादी तथा साम्राज्यवादी विरोधी पृथ्वीनारायण शाहसँग अंग्रेजशक्तिलाई नेपालमा खुट्टा टेक्न नदिई लखेट्नु बाहेक उनीसँग अको विकल्पै थिएन।

उनको लागि गर या मर को अवस्था थियो। यदि अंग्रेजशक्ति नेपाल भित्रन र उभिन मात्र सकेको भए नेपालको एकीकरण पनि संभव थिएन र नेपालको स्वतन्त्र अस्तित्व पनि संभव थिएन।

त्यसैले पृथ्वीनारायण शाहले नेपाल एकीकरणको संभावित प्रमुख वाधक शक्ति अंग्रेज शक्तिलाई प्रहार गर्ने, पराजित गर्ने र नेपालबाट लखेट्ने योजना हतारमा बनाउनु पर्‍याे।

उपनिवेशवादी अंगे्रज शक्तिलाई जति सक्दो छिटो प्रहार गर्ने, पराजित गर्ने र लखेट्ने योजना बनाउन समेत उनीसँग पर्याप्त समय थिएन। उनलाई यो थाहा थियो कि अंग्रेज धेरै चतुर र शक्तिशाली छ।

र उनलायई यो पनि थाहा थियो कि अंग्रेजलाई काठमाडौंका राजाले बोलाएकोले उ झनै शत्तिशाली भएको छ। पृथ्वीनारायणसँग सेना पनि थोरै थियो, हतियार पनि थोरै र कमसल मात्रै थियो र पैसा पनि थोरै थियो।

उनीसँग धेरै भएको भनेको देशभक्ति, साहस, दूरदर्शीता र साना संख्याको तर उच्च मनोबलका इमान्दर र बहादुर देशभक्त योद्धा मात्रै। उनले यसैको अधिकतम सदुपयोग गरेर अंग्रेज शक्तिलाई लखेटे।

अंग्रेज उपनिवेशवादीलाई पराजयको स्वाद चखाउने पृथ्वीनारायण शाह नेपालको मात्रै पहिलो नेता नभएर दक्षिण एसियाकै संभवत एसियाकै पहिलो नेता हुन् भन्दा अत्युिक्त नहोला।

उपनिवेश जमाएर अरुको मुलुक कब्जा जमाउन खोज्ने अंग्रेज जस्तो तेसबेलाको सर्वाधिक शििक्तशाली पश्चिमा शक्तिलाई पराजित गरेर लखेट्ने पृथ्वीनारायण शाह साँचै एसियाका गौरव हुन्।

पृथ्वीनारायण शाह साँच्चै उपनिवेशवाद विरोधी नेता थिए। उनि परिस्थितिको सहि विश्लेषण गर्ने क्षमता भएका दूरदर्शी नेता थिए। त्यसै कारणले गर्दा उनले उपनिवेशवादी अंग्रेज शक्तिलाई नेपाल छिर्न दिएनन्।

छापामार शैलीले उच्च मनोबलको साथ आक्रमण गरेमा सानो शक्तिले ठूलो र बलियो शक्तिलाई पनि पराजित गर्न सक्छ भन्ने सफल उदाहरण दिएका छन् पृथ्वीनारायण शाहले संसारभरका उपनिवेशवाद विरोधी तथा सबै खाले न्यायपूर्ण स्वतन्त्रता र स्वाधीनताको लडाई लड्ने मुलुक र मुलुकवासीहरुलाई।

सवाल उठ्छ त्यति ठूला र बलिया र धनी भारतका राज्यहरुलाई एकपछि अर्को गर्दै अंग्रेजले कब्जा गर्दै गयो तर नेपाललाई किन कब्जा गर्न सकेन? के हुनसक्छ यसको कारण?  यसको सरल उत्तर हो भारतका अधिकांश राजाहरु नेपालका पृथ्वीनारायण शाह जस्ता उच्च मनोवल भएका उपनिवेशवाद विरोधी दूरदर्शी थिएनन्।

या त उनीहरु अंग्रेजसँग झुके या त बिके। उनीहरुमध्ये धेरै नेपालका जयप्रकाश मल्ल प्रवृतिका अदूरदर्शी थिए। आफ्नो सत्ता स्वार्थको लागि अंग्रेज शक्तिलाई बोलाउने र उबाट निलिने आधार बनाउने।

पृथ्वीनारायण शाहले हाम्रो शत्रु को हो र हाम्रो मित्रु कोहो भनेर सही किसिमले ठम्याएर अंग्रेज उपनिवेशवादी शक्तिलाई प्रहारको निसाना ऐन मौकामा सोझ्याएर नेपाल जोगाए। भारतका राजाहरुले गोमन सापलाई मूल विछ्यौना सुम्पेर आपूmलाई सुरक्षित ठान्ने भूल गरे। फलस्वरुप लामो समय गुलाम भैरह्यो भारत।

पृथ्वीनारायण शाहको निर्देशनमा गोर्खाली फौजले सिन्धुलीमा अत्याधुनिक हतियारले सुसज्जित अंग्रेज फौजलाई पराजित गरेको घटना राजनीति र रणनीतिक हिसावले कति महत्वको थियो भनेर अमेरिकाका चर्चित विदेश मन्त्री हेनरी किसिन्जरको निम्न भनाइ तथा विश्लेषणले प्रमाणित गर्दछ।

किसिन्जर भन्छन् नेपालको सिन्धुलीमा यदि गोरखाली राजा पृथ्वीनारायणका फौजले अंग्रेज फौजलाई रोकेको थिएन भने नेपालको साथै तिब्बत हुँदै चीन समेत अंग्रेजको कब्जामा जाने संभावना थियो।

यदि त्यसो भएको भए अहिले चीन र एसियाको राजनीति नक्सा अलग हुन पनि सक्थ्यो। यो विश्लेषण माथि उभिएर भन्न सकिन्छ नेपालका राष्ट्रनिर्माताले नेपाल त जोगाए नै उनले छिमेकी चीन पनि जोगाए। यसरी गोखौली फौजको अंग्रेजफौज माथिको विजय चीनको लागि समेत राहत भएको छ।

पृथ्वीनारायण शाहले पश्चिमा साम्राज्यवादीको हतियार बोकेका फौजलाई मात्र धपाएनन् उनले बाइबलको हतियार बोकेका बाइबल सेनालाई पनि धपाएर पूर्वीय मौलिक आध्यात्मिक तथा सांस्कृतिक धरोहरलाई समेत जोगाउने काममा दिएको योगदानलाई पनि उच्च सराहना गर्नु पर्दछ।

अन्य मलुकमा रैथाने धर्म, संस्कृति, भाषा आदि विस्थपित गर्दै क्रिश्चियानिटीका महल ठड्याउदै हिडेका फिरंगीहरुलाई पृथ्वीनारायणले नेपालमा यस्तो अनुमति र सुविधा दिएनन्। किनभने पृथ्वीनारायण शाह आध्यात्मिक तथा सांस्कृतिक साम्राज्यवाद विरोधी नेता र योद्धा पनि थिए।

तर नेपालका नेताहरुले पृथ्वीनारायणबाट सिकेनन्। उनीहरुले जयप्रकाश मल्लबाट सिके। उनीहरुले धर्मनिरपेक्ष आवरणमा पश्चिमाहरुको आध्यात्मिक तथा सांस्कृतिक साम्राज्यवादलाई रातो कार्पेट ओछ्याएर स्वागत गरिरहेका छन्।

परिणाम देखिदै छ कसरी बढिरहेछन् नेपालमा बाइबल सेनाहरु। यो अदूरदर्शी नेपालघाति काम भनेर इतिहासले अवश्य प्रमाणित गर्ने छ।

भारतमा पृथ्वीनारायण र पृथ्वीविचार नभएर भारत लामो समय सम्म अंग्रेजको गुलाम भएर रहनु पर्‍यो भने नेपालमा पृथ्वीनारायण भएकोले नेपाल हुदै तिब्बत, चीन कब्जा गर्ने अंग्रेजको सपना चकानाचुर भयो।

त्यसैले उपनिवेशवाद विरोधी नेपालका राष्ट्रनिर्माता भारतका लागि पाठ हुन् भने चीनका लागि राहत हुन्। भन्नै पर्दैन उनी नेपालका लागि सदाबहार वरदान हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *