बर्दिबास चौथो महोत्सव सुरु: पर्यटन पर्वद्धनमा टेवा पुग्ने बिस्वास

डिसी नेपाल
४ चैत २०७९ ९:३०

महोत्तरी। महोत्तरीको बर्दिबासमा चौथो बर्दिबास महोत्सव सुरु भएको छ। ‘उद्योग व्यापार र कलाको विकास गरौँ, साहित्य संस्कृतिको प्रवर्द्धन गरौँ’ भन्ने नाराका साथ बर्दिबासमा महोत्सवको औपचारिक उदघाटन भएको हो।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले उदघाटन गर्दै बर्दिबासको बिशिष्ट पहिचानलाइ यो महोत्सवले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताए। बर्दिबास उद्योग वाणिज्य संघ र राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान महोत्तरीको संयुक्त आयोजनामा सुरु भएको चौथो बर्दिबास महोत्सव १३ चैत्रसम्म जारी रहनेछ।

बर्दिबास उद्योग वाणिज्य संघका अध्यक्ष विष्णु खडकाले कोरोना पछी लयमा फर्कन नसकेका व्यापार, व्यवसायलाइ महोत्सवले लयमा फर्काउने बिस्वास ब्यक्त गरे। महोत्सव परिसरमा करिब १७० भन्दा बढी व्यापारिक स्टलहरू राखिएको छ भने नगरभरीका विभिन्न पर्यटकिय क्षेत्रहरुको फोटो भिडियो पनि प्रदर्शन गरिएको छ।

फोटो, भिडियो पर्दसनले पर्यटन पर्वद्वनमा टेव पुग्ने आयोजक पक्षले बिस्वास लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *