१७०० वर्ष पुरानो असन बजारको रोमाञ्चक कथा (फोटोसहित)

सिमाेन पाैडेल
५ चैत २०७९ ८:२५

काठमाडाैं। असन बजार काठमाडौंको मुटुमा अवस्थित ऐतिहासिक बजार हो। यो काठमाडौंको सबैभन्दा पुरानो बजार हो। करिब १७०० वर्ष पहिले लिच्छवी कालमा यसको विकास भएको मानिन्छ

धेरै समय देखि यस ऐतिहासिक बजारमा पसल चलाउदै बसेकी ६९ बर्षको हरिमाया श्रेष्ठले डिसी नेपाललाई असन बजारको जन्मसँग जोडिएको सबैभन्दा प्रसिद्ध कथा सुनाइन्।

धेरै पहिलेको कथा हो, भक्तपुरमा बस्ने एक किसान चामलको बोरा बोकेर असनचोकमा आएका थिए। त्यसबेला असन जंगल जस्तै थियो। किसान आफूले लेराएको चामल बेच्न चाहन्थे, त्यसैले दिनभर भुइँमा बसे। साँझसम्म बस्दा पनि कुनै ग्राहक नभेटिएपछि उनले घर फर्किने निर्णय गरे।

तर चामलको बोरा उचाल्न खोज्दा भूइँमा अड्केको अड्कै भयो। धेरै कोसिस गर्दा पनि चामलको बोरा जमिनबाट उठाउनै मिलेन। उनि निरास भएर चामलको बोरा त्यहीं छोडेर घर फर्के।

किसन भोलिपल्ट बिहान फेरि असन आए। चामलको बोरा त्यहीं ठाउँमा जस्ताको तस्तै थियो। कसैले पनि बोरालाई चलाएको रहेनछ। उनलाई केही प्रकारको दैविक शक्तिको अनुभव भयो। दैविक शक्तिको नाममा उनले आफ्नो बोरको अलिकति चामल झिकेर त्यस स्थानमा चढाए अनि व्यापार गर्न बसे। त्यस दिन राम्रो ब्यापार भयो।

उनी हरेक दिन व्यापार गर्न असन आउँथे। हरेक दिन आफूले लेराएको अनाज अलिकति चढाउँथे। बिस्तारै किसान अनि ब्यापारीहरु आफ्नो अनाज, नुन, तेल, मसला, सक्खर लिएर त्यस ठाउँमा आउनथाले।

ब्यापारी अनि ग्राहक सबैले आफूले बेचेको र किनेको खानेकुराको थोरै भाग भगवानलाई भनेर चढाउने गर्थे। केही समयपछि असन जंगलबाट चोक अनि चोकबाट बजारमा विकास भयो। अन्न भगवानलाई चढाउने पनि सांस्कृतिक अभ्यास बन्यो।

‘पहिलो दिन किसानले चामलको बोरा छोडेको ठाउँमा खाद्यान्नकी देवी अन्नपूर्णको सम्मानमा मन्दिर बनाइयो थियो। अहिले पनि धेरै व्यापारी र क्रेताहरूले अन्नपूर्ण देवतालाई आफ्नो खानाको अंश अर्पण गर्छन्,” ७२ वर्षीय मोहनकृष्ण श्रेष्ठले भने।

लिच्छवीदेखि मल्ल र आजसम्म

असन बजारले लिछ्छवी र प्रसिद्ध मल्ल युगबाट यात्रा गर्दै आएको ऐतिहासिक इतिहास छ। आजको दिनमा, यो रमाइलो बजारले विभिन्न प्रकारका उत्पादनहरू विविधतापूर्ण प्रदान गर्छ।

विभिन्न थरिको स्वदेशी तथा विदेशी मसला र जडिबुटीहरू, सुन्दर कपडाहरू, गहनाहरू, आधुनिक इलेक्ट्रोनिक्स, र परम्परागत हस्तकलाका सामानहरु बेच्न राखिन्छ।

समय बितिसक्दा पनि, असन बजार अझै पनि आफ्नो अद्वितीय आकर्षण छ र काठमाडौंको संस्कृति र अर्थतन्त्रको महत्त्वपूर्ण केन्द्र बनेको छ। यसको जीवन्त सडकहरू, रोमाञ्चक वातावरण र समृद्ध इतिहासको अनुभव गर्दा पर्यटकहरुले ऐतिहासिक काठमाडौँको कल्पना गर्ने गर्छन्।

सबै तस्वीर : सिमाेन पाैडेल/ डिसी नेपाल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *