आमिरसँग सहकार्य चाहन्छिन् मिशेल

डिसी नेपाल
५ चैत २०७९ १४:२२
536
Shares

मुम्बई। आफ्नो अभिनयले विश्वभरका दर्शकमाझ प्रभाव पार्न सफल कुनै अभिनेता या अभिनेत्री अर्को देशको कलाकारको फ्यान भए पनि त्यो भन्दा रोचक के हुन सक्ला ? सन् २०२३ को ओस्कार अवार्डमा ‘वेस्ट एक्ट्रेस’ अवार्ड विजेता अभिनेत्री मिशेल योह बलिउड अभिनेता आमिर खानको ठूलो फ्यान हुन्। उनले एक अन्तरवार्तामा बोलेको यो कुराको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

फिल्म ‘एभ्रिथिङ एभ्रिह्वेयर अल एट वान्स’बाट ओस्कार जितेकी मिसेल आमिरसँग फिल्ममा काम पनि गर्न चाहन्छिन्। ‘मैले आमिर खानसँग काम गरेको छैन, तर हामी दुवै एनजिओको ब्राण्ड एम्बासेडर हौं। जसलाई लिभ टु लभ भनिन्छ । यो पर्यावारण बचाउनका लागि बनाइएको हो। म आमिरको कामको प्रशंसक हुँ। उनी एक अविश्वसनीय अभिनेता मात्र होइनन, एक खुला हृदयका मानिस पनि हुन्। आशा छ उनीसँग चाँडै सहकार्य हुनेछ’, मिसेलले भनेकी छन्।

मिसेलले यसपटक ओस्कार अवार्ड जित्ने पहिलो एसियाली महिलाको इतिहास रचेकी छन् । उनले आमिरको फिल्म ‘३ इडियट्स’ मात्र हेरेकी छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *