रिसाएकी श्रीमतीलाई फकाउन खोज्दा करोडपति बने

डिसी नेपाल
६ चैत २०७९ १६:१५

काठमाडौं । अस्ट्रेलियामा एक पुरुषले आफ्नी श्रीमतीको असन्तुष्टिबाट करोडौं डलर कमाए । आफ्नी रिसाएकी श्रीमतीलाई शान्त पार्न ती व्यक्तिले एउटै नम्बरहरू प्रविष्ट गरेर दुईवटा लटरी टिकटहरू किने । यसपछि दुवै टिकटमा उनको ज्याकपोट लाग्यो र उनले २० लाख अष्ट्रेलियन डलर (साढे १७ करोड रूपैयाँ) पाए ।

वास्तवमा, श्रीमानले एक हप्ता अघि लटरीको टिकट किनेका थिए। टिकटमा श्रीमतीले उल्लेख गरेको नम्बर राख्नुको सट्टा आफ्नो दिमागमा आएको नम्बर राखेका थिए, जसका कारण श्रीमती निकै आक्रोशित भइन् । आक्रोशित श्रीमतीलाई शान्त पार्न श्रीमानले अर्को हप्ता दुईवटा चिठ्ठाको टिकट किनेर दुवैमा एउटै नम्बर राखेर ड्रका लागि पेस गरे ।

सोमबार श्रीमान श्रीमती दुबैलाई २० लाख अष्ट्रेलियन डलर प्रदान गरिएको छ । न्युज डटकम डटएयुका अनुसार, चिठ्ठा जितेपछि ती व्यक्तिले भने, ‘दुई टिकटमा एउटै नम्बर किन राखें भन्ने कथा निकै रमाइलो छ । गत हप्ता मैले टिकटमा मेरी श्रीमतीको नम्बर राख्न बिर्सें। यो कुरामा उनी मसँग रिसाएकी थिइन् । त्यसैले यो हप्ता मैले सोचे कि यसको क्षतिपूर्तिको लागि, म उनको नम्बर दुई पटक ड्र मा राख्छु।’

आफ्नी श्रीमतीले ३० वर्षदेखि एउटै नम्बर चिठ्ठामा हालेर भाग्य आजमाइरहेको ती व्यक्तिले बताए । अब श्रीमतीको अथक प्रयासले सार्थकता पाएको छ र दुबै टिकट ज्याकपटमा परे। तर, श्रीमानले उल्लेख गरेको नम्बरबाट एकको सट्टा ड्रका लागि दुईवटा टिकट बुझाएको श्रीमतीलाई थाहा थिएन ।

ती व्यक्तिले भने, ‘आज बिहानदेखि नै टिकटमा ज्याकपट होस् भनी प्रार्थना गरिरहेकी थिइन् र हामीले एउटा टिकटमा १० लाख डलर जितेको थाहा पाएपछि अर्को टिकटको बारेमा पनि बताउने सोचेँ । म विश्वास गर्न सक्दिन, हामीले यति ठूलो रकम जितेका छौं।

पति र पत्नी यो पैसाले आफ्नो परिवारलाई मद्दत गर्न चाहन्छन्। श्रीमतीले भनिन्, ‘यो पैसाले घर किन्न सक्छु । यो पैसा म मेरा छोराछोरी र नातिनातिनाको भविष्यमा पनि खर्च गर्नेछु । न्यूयोर्क पोस्टका अनुसार १८ लाख ४५ हजार मानिसमध्ये एकजनाले चिठ्ठा जित्ने सम्भावना छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *