पहिलो मुद्दा लड्न नपाउँदै विश्वकै पहिलो रोबोट वकिलमाथि उल्टै मुद्दा, लाग्यो यस्तो आरोप

काठमाडौं । विश्वकै पहिलो रोबोट वकिल पहिलो पटक अदालतमा मुद्दा लड्नुअघि नै अभियुक्तको कठघरामा आइपुगेको छ । रोबोट वकिल आफैं कानुनी जालोमा फसेको छ । रोबोट वकिलमाथि शिक्षा, डिग्री र लाइसेन्स बिना कानुनी अभ्यास गरेको आरोप लागेको छ । अमेरिकी अदालतमा रोबोट अधिवक्तालाई प्रत्यक्ष आरोप लगाएर मुद्दा दायर गरिने भएको छ ।
शिकागोस्थित कानून फर्म जे एडेलसनले रोबोट वकिलसँग न त कानूनको डिग्री न त लाइसेन्स नै रहेको भन्दै क्यालिफोर्निया राज्यको सुपीरियर कोर्टमा रोबोट वकिलविरुद्ध मुद्दा दायर गरेको छ ।
डेलीमेलका अनुसार जे एडेलसन नामको कानुनी फर्मका तर्फबाट जोनाथन फरिडियनले अमेरिकी स्टार्ट-अप कम्पनी डु नट पे विरुद्ध मुद्दा दायर गरेका छन्। केही महिनाअघि ‘डु नट पे’ नामक यो कम्पनी आर्टिफिशियल इन्टेलिजेन्सबाट रोबोट वकिल बनाउन खोजेको खुलासापछि चर्चामा आएको थियो । यसको ट्रायल जनवरीमा भएको थियो। यसको पहिलो सुनुवाइ मार्चमा प्रस्ताव गरिएको थियो र मुद्दा दर्ता गरिएको थियो।
डु नट पेका सीईओ जोशुआ ब्राउडरले आफैंले ट्वीट गर्दै यो नराम्रो खबर भएको बताएका छन्। अमेरिकाको धनी कानुनी फर्म एडेलसनले यस आर्टिफिसियल इन्टेलिजेन्स रोबोट वकिलको काम कारवाही बन्द गर्न आग्रह गर्दै डु नट पे विरुद्ध मुद्दा दायर गरेको छ। अहिले यो रोबोटले अत्यधिक गतिसँग सम्बन्धित मुद्दाहरूमा कानुनी सल्लाह, बहस र तर्क दिन्छ। यसको निर्माताले यो रोबोट वकीललाई अदालतमा उपस्थित हुँदा एप्पल इयरपोडहरू मार्फत कनेक्ट राखिएको दाबी गर्दछ।
केही समय अगाडि एआई प्रविधिद्वारा संचालित विश्वको पहिलो ‘रोबोट वकिल’ अमेरिकामा बनेको थियो । यस सम्बन्धमा, डु नट पे का संस्थापक र सीईओ जोशुआ ब्रोवरले भने कि कानून लगभग कोड र भाषाको मिश्रण हो, त्यसैले एआइ यसमा पूर्ण रूपमा प्रयोग गर्न सकिन्छ। एआई-आधारित रोबोटले वास्तविक अदालतमा वकिलको रूपमा बहस गरेको यो पहिलो पटक हुनेछ।
कम्पनीले दाबी गरेको छ कि उनीहरूको रोबोट स्मार्टफोनमा चल्छ, जसले अदालतको कार्यवाही सुनेपछि प्रतिवादीहरूलाई इयरपीस मार्फत कसरी जवाफ दिने भनेर निर्देशन दिनेछ। उसले जरिवाना र अन्य दण्ड भुक्तानीबाट कसरी बच्ने भनेर बताउनेछ।
Facebook Comment