महोत्तरीमा भन्सार छलीमा व्यापारी नै सक्रिय
महोत्तरी। महोत्तरीस्थित जलेश्वर नगरपालिकामा व्यापार गर्ने केही व्यापारीले भन्सार छली गरेर अवैध सामान भित्र्याउने गरेको खुलासा भएको छ।
जय मा इन्टरप्राइजेजका सञ्चालक सूर्यनारायण साहले भारतबाट भन्सार छली गरेर ल्याउँदै गरेको २८२ कार्टुन सामान प्रहरीले नियन्त्रण लिएपछि उक्त खुलासा भएको हो।
जलेश्वर-२ स्थित रामप्रसाद चौधरीको घरमा अवैध सामान स्टोर गर्ने गरेको सूचनापछि प्रहरीको निगरानीमा रहेका सूर्यनारायण साहको उक्त सामान सोमबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
सामान ओसारपसारमा सग्लन तीन जना भारतीयलाई पनि प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सितामाढी बिहार घर भएका प्रभात कुमार, विभु कुमार र साजन कुमार महतो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका सुचना अधिकारी सरोज राइले जानकारी दिए।
उनीहरूलाई थप अनुसन्धानको लागी जिल्ला भन्सार कार्यालय मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले आजै भन्सार छली गरेर ल्याएको ७६० केजी खैनी पनि बरामद गरेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment