इमरान खानको आरोप, ‘अदालतमा मृत्युको जाल बिच्छ्याइएको थियो’

डिसी नेपाल
७ चैत २०७९ ११:००
128
Shares

काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई) का प्रमुख इमरान खानले एक पत्रकार सम्मेलनमा केही व्यक्तिले आफूलाई अदालत परिसरमा मार्न खोजेको आरोप लगाएका छन्। तर, उनले कसैको नाम भने भनेनन् ।

सोमबार आयोजित पत्रकार सम्मेलनलाई ‘अदालत परिसरमा बिछ्याइएको मृत्यु जाल’ नाम दिइएको थियो ।

इमरान खानले भने, ‘शनिबार घरबाट निस्कने क्रममा मैले मेरी श्रीमती बुशरा बीबीलाई फोन गरें किनभने मलाई या त गिरफ्तार हुने वा मारिने डर थियो ।

उनले अदालतमा पुग्दा सुरक्षा बल बाहेक सलवार कमीज लगाएका धेरै मानिसहरु परिसरमा उपस्थित रहेको आरोप लगाए ।

प्रहरीले आफ्ना वकिललाई हातपात गरेको उनको आरोप छ ।

उनले पञ्जाबका सीएम मोसिन नक्वीले आफूलाई मार्न खोजेको आरोप लगाएका छन् ।

उनले अप्रिल ३० देखि निर्वाचन हुन लागेको तर देशमा निर्वाचनको वातावरण बनाउन नदिइएको बताए ।

उनले भने, “तहरिक-ए-इन्साफ देशमा कोलाहल होइन, चुनाव चाहन्छ।”

यसअघि पाकिस्तानको नेशनल एकाउन्टेबिलिटी ब्यूरोले तोशाखाना मुद्दामा इमरान खानकी पत्नी बुशरा बिबीलाई समन पठाएको थियो ।

उनलाई १५ वटा प्रश्नको उत्तर दिन भनिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *