मिडिया टाइकुन रुपर्ट मर्डोकले ९२ वर्षको उमेरमा पाँचौं विवाह गर्ने

डिसी नेपाल
७ चैत २०७९ १४:०१
696
Shares

काठमाडौं । मिडिया टाइकुन रुपर्ट मर्डोकले आफ्नो पार्टनर एन लेस्ली स्मिथसँग आफ्नो इंगेजमेन्टको घोषणा गरेका छन्। लेस्ली स्मिथले प्रहरी अधिकारीहरूका लागि काउन्सिलिङको काम गर्थिन्।

९२ वर्षीय मर्डोकले गत वर्ष सेप्टेम्बरमा क्यालिफोर्नियामा भएको एक कार्यक्रममा ६६ वर्षीय स्मिथलाई भेटेका थिए।

मर्डोकले आफ्नो एक प्रकाशन, न्यूयोर्क पोस्टलाई भने, “मलाई प्रेममा पर्ने डर थियो, तर मलाई थाहा थियो कि यो मेरो अन्तिम प्रेम हुनेछ। यो राम्रो हुनेछ। म खुसी छु।”

मर्डोक गत वर्ष आफ्नी चौथी श्रीमती जेरी हलसँग अलग भएका थिए ।

रुपर्ट मर्डोकले एन लेस्ली स्मिथलाई प्रपोज गर्दा उनी निकै नर्भस भएको पनि बताए ।

स्मिथका श्रीमान् चेस्टर स्मिथ अब यो संसारमा छैनन् । उनी पेशाले गायक र रेडियो–टिभीका कार्यकारी थिए ।

स्मिथले मर्डोकसँगको आफ्नो सम्बन्धको बारेमा न्यूयोर्क पोस्टलाई बताइन्, “यो हामी दुवैका लागि ईश्वरले दिएको उपहार हो। हामीले गत सेप्टेम्बरमा भेट्यौं।”

“म विगत १४ वर्षदेखि विधवा हुँ। रुपर्टजस्तै मेरो श्रीमान् पनि व्यापारी हुनुहुन्थ्यो… त्यसैले म रूपर्टको भाषा बोल्छु। हामी दुवैको सोच एउटै छ।”

मर्डोकको पहिलो तीन विवाहबाट छ जना छोराछोरी छन्। “हामी दुबै हाम्रो जीवनको दोस्रो आधा सँगै बिताउन उत्सुक छौं,” मर्डोकले भने।

दुवैले यसै गर्मीमा विवाह गर्नेछन् र त्यसपछि क्यालिफोर्निया, मोन्टाना, न्यूयोर्क र बेलायत जस्ता विभिन्न ठाउँमा आफ्नो जीवन बिताउनेछन्।

मर्डोकले यसअघि अष्ट्रेलियाकी फ्लाइट अटेन्डेन्ट प्याट्रिसिया बुकर, स्कटिस पत्रकार अन्ना मान र चिनियाँ मूलकी व्यवसायी वेन्डी डेङसँग विवाह गरिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *