भारतीय वाणिज्य दूतावासमा भएको आक्रमणपछि अमेरिकाको भनाइ, ‘बिल्कुल सहने छैनौं’

डिसी नेपाल
७ चैत २०७९ १४:४१

काठमाडौं । अमेरिकाले सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासमा सिख पृथकतावादीहरूले गरेको हमलाको निन्दा गर्दै यो पूर्ण रूपमा असहनीय भएको बताएको छ।

खलिस्तानको समर्थनमा नारा लगाउँदै, प्रदर्शनकारीहरूको एक समूहले आइतबार अस्थायी पुलिस घेरा तोडेर वाणिज्य दूतावास परिसर भित्र दुई तथाकथित खालिस्तानी झण्डाहरू राखेका थिए। तर, दूतावासका दुई कर्मचारीले केही बेरमै ती झण्डा हटाएका थिए ।

केही समय नबित्दै केही आक्रोशित प्रदर्शनकारीहरू परिसरभित्र पसे र ढोका र झ्यालमा फलामका बारहरू प्रहार गर्न थाले ।

दैनिक पत्रकार सम्मेलनको क्रममा ह्वाइट हाउसका अधिकारी जोन किर्बीले यस विषयसँग सम्बन्धित प्रश्नको जवाफमा भने, “यो तोडफोड, यो बिल्कुल अस्वीकार्य छ।”

उनले भने, “परराष्ट्र मन्त्रालयको कूटनीतिक सुरक्षा सेवाले स्थानीय प्रशासनसँग नजिकबाट काम गरिरहेको छ, म सान फ्रान्सिस्को प्रहरीको लागि बोल्न सक्दिन, तर म भन्न सक्छु कि कूटनीतिक सुरक्षा सेवाले स्थानीय प्रशासनसँग राम्रोसँग अनुसन्धान गरिरहेको छ। हामी सँगै काम गरिरहेका छौं र राज्य विभागले कम्पाउन्डमा भएको क्षतिको मर्मत गर्न काम गर्नेछ, तर यो अस्वीकार्य छ।”

यसअघि भारतले नयाँ दिल्लीमा उपस्थित अमेरिकी अधिकारीलाई भेटेर पनि यस हमलाको विरोध गरेको थियो।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भविष्यमा यस्ता घटना हुन नदिन अमेरिकाले कदम चाल्नुपर्ने बताएको थियो ।

अमेरिकी विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै यस हमलाका दोषीलाई कारबाही हुने सङ्केत गरेको छ ।

यस विज्ञप्तिमा भनिएको छ, “आइतबार सान फ्रान्सिस्कोमा रहेको भारतीय वाणिज्य दूतावासमा भएको आक्रमणको अमेरिका निन्दा गर्दछ। अमेरिकामा कुनै देशको दूतावासमा यस प्रकारको हिंसा दण्डनीय अपराधको श्रेणीमा आउँछ।”

परराष्ट्र मन्त्रालयको दक्षिण तथा मध्य एसिया ब्यूरोले भनेको छ, ‘अमेरिकामा रहेका अन्य देशका दूतावास र त्यहाँ कार्यरत कूटनीतिज्ञको सुरक्षाको ख्याल गर्नु हाम्रो प्राथमिकता हो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *