क्रिमियामा रुसी मिसाइल नष्ट गरेको युक्रेनको दाबी

काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले रुसले कब्जा गरेको क्रिमियाको उत्तरी क्षेत्रमा रेलबाट ल्याइएको रुसी क्षेप्यास्त्र विस्फोटबाट नष्ट भएको जनाएको छ ।
रुसले तोकेको जान्कोइ सहरका प्रमुख इहोर इभिनले उक्त क्षेत्रमा ड्रोनबाट आक्रमण भएको बताए ।
युक्रेनले विष्फोटको बारेमा जानकारी दियो, तर यी आक्रमणहरू पछाडि आफनो हात रहेको स्पष्ट रूपमा भनेन।
यदि पुष्टि भयो भने, रूसले २०१४ मा क्रिमियालाई गाभेपछि पहिलो पटक युक्रेनको यस्तो आक्रमण हुनेछ।
युक्रेनको रक्षा मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, “विस्फोटका माध्यमबाट रुसको निशस्त्रीकरण जारी छ र युक्रेनको क्रिमिया प्रायद्वीपलाई मुक्त गर्ने प्रक्रिया सुरु हुँदैछ।”
युक्रेनले यी क्षेप्यास्त्रहरू ब्ल्याक सीमा रसियाको फ्लीटमा प्रयोग गरिने बताएको छ।
रुसी अधिकारी इभिनले ३३ वर्षीय व्यक्तिलाई ड्रोनबाट घाइते भएपछि अस्पताल लगिएको बताए। यद्यपी उनले कुनै सैन्य अखडालाई निशाना बनाएको वा नभएको जानकारी दिएनन् ।
स्थानीय मिडिया रिपोर्टहरू उद्धृत गर्दै इभिनले धेरै भवनहरूमा आगो लागेको र पावर ग्रिडहरू क्षतिग्रस्त भएको बताए।
यसअघि गत वर्ष अक्टोबरमा रुसले युक्रेनले ड्रोन आक्रमण गरेको आरोप लगाएको थियो । त्यतिबेला रुसले बन्दरगाह सहर सेवास्तोपोलमा युक्रेनले गरेको ९ ड्रोन आक्रमणबाट युद्धपोतमा क्षति पुगेको बताएको थियो । तर, युक्रेनले उक्त आक्रमणको जिम्मेवारी लिएको छैन ।
Facebook Comment