गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक
काठमाडौँ। गायक राजेश पायल राईको स्वरमा ‘काली काली’ बोलको नयाँ गीत सार्वजनिक भएको छ। टी.एन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोख्रेलले संगीत भरेका छन्। गीतमा गजित बिष्ट, गम्भीर बिष्ट र मोडल सामारिका ढकाल फिर्चड छन। गजित र गम्भीर दुवै चल्तीका निर्देशक तथा काेरियाेग्राफर हुन्।
गजितले चलचित्रमा समेत काम गरिसकेका छन। सम्बन्धले यी दुई दाजुभाइ पनि हुन्। लामो अन्तरालपछि दुई दाजुभाइले एउटै गीतमा कम्मर मर्काएका छन्।
लामो समयपछी गजित र गम्भीरले सहकार्य गरेको रोमान्टिक डान्सिङ भिडियोलाई निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका हुन्। टी.एन आचार्यले नै निर्माण गरेको गीतलाई बिकास नेपालले कोरियोग्राफी गरेका छन्।
‘द प्रिमियर प्रोडक्सन’ बाट सार्बजनिक भएको भिडियाेमा अशोक थापाको एरेन्ज, मनोज दङ्गाेलको मिक्सिङ र दिनेश पराजुलीको सिनेमाटाेग्राफी रहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment