बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले पाए विश्वासको मत (भिडियो)

डिसी नेपाल
१० चैत २०७९ १६:१२

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको बागमती प्रदेशसभाको बैठकमा जम्कट्टेलले दोश्रो पटक विश्वासको मत प्राप्त गरेका हुन्।

विश्वासको मतका लागि भएको मतबिभाजनमा जम्कट्टेलको पक्षमा ६७ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो । त्यस्तै ७ सांसद तटस्थ रहेको बागमती प्रदेशका सभामुख भुवन पाठकले जानकारी दिए।

जम्कट्टेललाई कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली दलले मत दिएको थियो भने विपक्षमा नेकपा एमाले, राप्रपा र नेपाल मजदुर किसान पार्टी रहेको थियो ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *