आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता (भिडियो)

डिसी नेपाल
१० चैत २०७९ १६:५३

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादीबीच एकता भएको छ । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच दुई पार्टीबीच एकताको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम आम जनता पार्टी नै रहेको छ ।

एकता घोषणा कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष साहले मुलुक अप्ठेरो अवस्थामा पुगेका कारण बिभिन्न शक्तिहरु एकीकृत हुनुपरेको बताएका हुन्। अर्थतन्त्रको भ्रष्ट नीतिका कारण मुलुकको अर्थतन्त्र धरासयी बनेको भन्दै उहाले यसमा नीति निर्माण तहमा पुगेका व्यक्तिहरु गम्भीर हुनुपर्ने धारणा राखे । अब सरकार गम्भीर भएर मुलुकमा देखिएका समस्याहरु समाधान गर्न ध्यान केन्द्रीत गर्नुपर्ने उनले बताए।

अहिले नेताहरु कुर्सीको व्यापारी बनेकाले जनताहरु निराश हुनुपरेको उनको भनाइ छ । एकता कार्यक्रममा आम जनता पार्टीको दोश्रो संशोधित अन्तरिम विधान सार्वजनिक गरिएको थियो ।
हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *